हिमालयन ऊर्जाको २०० प्रतिशत हकप्रद शेयर, रु.४०० बढी बजारमूल्य भएको कम्पनी १०० मै किन्न पाइने
काठमाण्डौ।हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।
माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
यसको अर्थ कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन घोषणा गरेको हो।
हकप्रद शेयर निष्काशनपश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ...